बैतडी, असोज १५ - बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमकी सात वर्षीया बालिका बसन्ती भुलको आज जमादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो गोठालो गएका बेला नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
प्रकाशित: १५ आश्विन २०७४ १६:५३ आइतबार