समाज

छिमेकीसँग विवादहुँदा आफ्नै छोरीको हत्या

रौतहट-  रौतहटमा शनिबार राती हुलास राय यादवले आफ्नी ३ बर्षिय छोरीको हत्या गरेका छन्।

 आफ्नै वावुद्धारा भुईमा बजारेर गम्भिर घाइते भएकी अन्जली कुमारी यादवको उपचारका लागि बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा अध्यक्ष सुवोध चौधरीले बताए।

वृन्दावन नगरपालिका वडा नम्बर ५ स्थित खानेपानीको विवादमा आक्रोसित बनेका यादवले छोरीलाई भुइमा बजारेका थिए।

वडा अध्यक्ष सुवोध चौधरीका अनुसार कृष्नन्दन चौधरीको घर नजिक रहेको सार्वजनिक धारामा हुलास यादव पानी लिन गएको वेला भएको विवादले राजनीतिक रुप लिएको थियो। आक्रोसित हुलासले कृष्नन्दनलाई फसाउन भन्दै आफ्नै छोरीलाई घाइते बनाएका थिए।

खानेपानीको विषयमा लिएर वादविवाद भएर गाउँको मान्छे फसाउनकोलागि आफ्नै छोरीलाई भुइमा बजार्न थालेपछि दुवै जनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाको प्रहरीलार्ई खबर गरिएको वडा अध्यक्ष चौधरीले बताए।

बालिकाको शव वीरगंजमा राखिएको र घटनाको विषयमा दुवै पक्षका मान्छेलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए।

 

 

प्रकाशित: १५ आश्विन २०७४ ०८:१७ आइतबार

छिमेकीसँग विवादहुँदा आफ्नै छोरीको हत्या