समाज

कैलाली कारागारबाट ११ कैदी मुक्त

धनगढी, असोज १५ – दशैंको अवसरमा कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ । 
असल चालचलन देखाएकाले सरकारको निर्णयअनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताए । ‘कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुई जना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन्,’उनले भने । 

प्रकाशित: १५ आश्विन २०७४ ०२:०५ आइतबार

कैलाली कारागारबाट ११ कैदी