समाज

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु

जितपुर—बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका–११ मर्थिमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो।

जीतपुरबाट तौहिलवातर्फ जाँदै गरेको लु ३ त ६७६२ नंको ट्र्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

प्रकाशित: १३ आश्विन २०७४ ०६:१८ शुक्रबार

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु