समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

गत बैशाख ५ र १२ डडेल्धुरा भागेश्वर गाउँपालिकाकी २० बर्षिय एक युवतीमाथी सामुहिक बलात्कार भएको खुलासा भएको छ। बलात्कार आरोपमा कमल ओड, तपेन्द्र ओड, र दिपक ओड पक्राउ परेका छन्।  

प्रधानाध्यापकमाथि विद्यार्थीको दुर्व्यवहार

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१ सुदर्शन प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिरादेवी भण्डारीमाथि दुर्व्यवहार भएको छ। दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छवी साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयद्वारा अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ। आफैलाई पढाएकी शिक्षिकामाथि साउँदले भदौ ३१ गते हँसिया प्रहारको प्रयास गरेका थिए।

राउटे समुदायद्वारा दशैँ खर्च माग

राउटे मुखिया विर्खेबहादुर शाही नेतृत्वको टोलीले दशैँ खर्च भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग २ लाखको आर्थिक सहयोग माग गरेका छन्। टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग २ लाखको आर्थिक सहयोग माग गरेका हुन्। माग सम्बोेधन गरिने मुख्यमन्त्रीले आश्वासन दिएका छन्।  

तनहुँमा डेंगी संक्रमण तिब्र

प्रदेशका ११ मध्ये १० जिल्लामा पछिल्लो समय डेंगी संक्रमण फैलिएको छ। प्रदेशभर २१ सय १९ जना डेंगी संक्रमण फैलिदाँ तनहुँमा मात्रै १४ सय २२ जना बिरामी फेला परेका हुन्।

जगतपुरमा २३ दिनसम्म लगातर सरसफाई

सन् २०२४ लाई लक्षित गर्दै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयसँगै रहेको भरतपुर महानगरपालिका २३ ले बृहत सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै छ।  २३ दिनसम्म सञ्चालन हुने अभियानमा २१ टोलका विकास संस्था, सामुदायिक वन तथा विद्यालय, रेडक्रस, चितवन राष्ट्रिय निकुञ्ज लगायतका संघ संस्थासँग समन्वय गरिने भएको छ।  

अवैध लागूऔषधसहित महतो पक्राउ

अवैध लागूऔषधसहित लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीबाट डाईजापाम १ सय ५३, ब्युप्रोनोरफिम १ सय ५४, फेनारगन १ सय ९० एम्पुल गरी ४९७ एम्पुल लागूऔषध बरामद भएको छ।  

मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले कालो झन्डा देखाएका छन्। सुरक्षाकर्मी र कालो झन्डा देखाउनेबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन्।  

प्रकाशित: ४ आश्विन २०८० १३:२० बिहीबार

सात प्रदेशका सात समाचार