समाज

उग्र बन्यो शिक्षक आन्दोलन, तोडे निषेधित क्षेत्र

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुको आन्दोलन उग्र बनेको छ।

बिहीबार आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ। त्यसपछि शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्।

प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका छन्। अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

प्रकाशित: ४ आश्विन २०८० ०७:५१ बिहीबार

विद्यालय शिक्षा विधेयक शिक्षक आन्दोलन