समाज

राष्ट्रपतिबाट भीमेश्वरमा क्षमापूजाका लागि सामग्री प्रदान

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छन्।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाएकी हुन्।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि आज शीतलनिवास आई क्षमा पूजा गर्न आग्रह गरेको सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए।

प्रतिनिधिले शीलाको पसिना पुछेको कपास प्रसादस्वरुप राष्ट्रपतिलाई दिएका थिए। यसअघि २०७० सालमा पनि सो मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले क्षमा पूजा गरेका थिए। रासस

 

प्रकाशित: ११ आश्विन २०७४ ०७:३८ बुधबार

राष्ट्रपतिबाट भीमेश्वरमा क्षमापूजाका लागि सामग्री प्रदान