समाज

बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता

वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ। 

‘घर नजिकै भैँसी चराई रहेका बेला नजिकैको खोलामा आएको बाढीले भैँसीसहित भियाललाई पनि बगाएर बेपत्ता बनाएको छ, स्थानीय दत्त महताराले भने, ‘बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै धेरै घरहरू जोखिममा परेका छन्।झ बाढीले कृषकहरूले भित्र्याउन तयारी अवस्थामा रहेको धानवालीमा क्षति पुगेको छ।

बाढीले कर्णाली कोरिडोर अन्तरगत गल्फागाड खोलाको बेलिब्रीसमेत उच्च जोखिममा छ। सडक भन्दा पानीको बहाव माथि छ। बाढीले स्थानीयका केही घट्ट पनि बगाएको छ।

प्रकाशित: ४ आश्विन २०८० ०७:२७ बिहीबार

बाढीले बगाउँदा भैँसी चराउन गएका एक बेपत्ता