समाज

सिरहामा पतीद्वारा पत्नीको हत्या

लहान- सिरहाको धनगडीमाई नगरपालिका भवानीपुरमा पतीद्वरा पत्नीको हत्या भएको छ। स्थानीय ज्ञानेन्द्र चौधरीले पत्नी मञ्जु कुमारी चौधरीलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले जानकारी दिए। हत्यामा संलग्न चौधरीलाई पक्राउ गरी अवश्यक अनुसन्धान भैरहेको सुवेदीले बताए।

सोमवार राती मादक पदार्थ सेवन गरी घर आएका ज्ञानेन्द्रले पत्नीसँग अनावश्यक विवाद झिकेर कुटपिटर गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फलामे डन्डी(रड) ले शरिरको विभिन्न भागमा घोचेर यातना दिएपछि मञ्जुको घरमै मृत्यु भएको तथ्य प्रहरीले घटनास्थल जाँचपडतालको क्रममा फेला पारेको छ।

ज्ञानेन्द्र र मञ्जुबीच गत्त बैशाख महिनामा विवाह भएको थियो । ज्ञानेन्द्रको मञ्जुसँग दोस्रो विवाह हो । पहिलो पत्नीले यातना सह्ननसकी छोडेर माईती गएपछि ज्ञानेन्द्र मञ्जुसँग दोस्रो विवाह गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  मृतक चौधरीको शव परिक्षणका लागि लहान अस्पतालमा राखिएको छ ।

 

प्रकाशित: १० आश्विन २०७४ ०५:१४ मंगलबार

सिरहामा पतीद्वारा पत्नीको हत्या