समाज

चौध दिनदेखि महिला बेपत्ता

रामपुर – चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेका छैनन्। 

गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेकी छैनन्। 

सोही दिन दिउँसो उनकै घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि अहिलेसम्म पहिचान भने हुन नसकेको रामपुर नगरपालिका– ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली बताए।

प्रकाशित: ९ आश्विन २०७४ ०६:०८ सोमबार

चौध दिनदेखि महिला बेपत्ता