समाज

चाँदीका गहनासहित भारतीय पक्राउ

बागलुङ – साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन्। 

भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

करिब रु तीन लाख २० हजार मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित साह पक्राउ परेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए। साहले भारतको रक्सौलबाट अवैध चाँदीका गहना ल्याई बागलुङका व्यापारीलाई बेच्ने गरेको उनको भनाइ छ। 

बरामद भएको गहनामा ५० प्रतिशत मात्र सक्कली चाँदी प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीले साहमाथि थप अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App