समाज

शिक्षामा नीजीकरण र व्यापारिकरणको अन्त्य गर्न माग गर्दै विरोध प्रदर्शन

तस्बिर: राजिव खत्री/नागरिक

शिक्षासम्बन्धी समस्यालाई समाधान गर्नेगरी शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

शिक्षामा नीजीकरण र व्यापारिकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले शिक्षित जनशक्ति वेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पूँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर्नुपर्ने माग गरेका छन्।

विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाएर अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

विरोध प्रदर्शनमा सहभागीहरुले शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिलेसम्म ?, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर्नुपर्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

तस्बिर: राजिव खत्री/नागरिक

प्रकाशित: २ आश्विन २०८० ११:१४ मंगलबार