समाज

बालेनविरुद्ध महानगर अगाडि ७७ घण्टासम्म उभिने ईः को घोषणा

तस्बिर: विजय राई/नागरिक

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता इशान श्रेष्ठले ‘ईः’ ले आन्दोलन थालेका छन्।

उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन्।

मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताए। यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन्।

काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन्। 

चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग उनले राख्दै आएका छन्।

प्रकाशित: २ आश्विन २०८० १०:४२ मंगलबार