समाज

दर्शनार्थीको रुचि सेल्फी र टिकटकमा

तस्बिर: राजिव खत्री/नागरिक

तिजका अवसरमा पशुपति क्षेत्र दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक लोभ देखिएको छ।

सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आएकी दर्शनार्थी रश्मी बस्नेतले बताइन्।

दर्शनार्थी महिलाहरु नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ। साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ। त्यसैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरे पनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ। निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन्।

पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन्। यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन्।

यो पनि पढ्नुहोस्

पशुपति परिसरको तस्बिर खिच्ने दर्शनार्थीको मोबाइल जफत

प्रकाशित: १ आश्विन २०८० ११:१० सोमबार