समाज

पहिरोले पुरिएर १५ भेडासहित एकको मृत्यु

बाजुरा – हिमाली गाउँपालिका–६ स्थित राँगे भिरमा पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ भने १५ वटा भेडा पुरिएर मरेका छन् । मृत्यु हुनेमा हुम्ला श्रीनगरका ३५ वर्षका तुलबहादुर बुढा रहेका छन्।

दशैँका लागि चामल लिन भेडासहित आएका बुढाको बिहान साढे १ बजेतिर माथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गरेको प्रहरी निरीक्षक जगदिशचन्द्र भट्टले बताए । उनीसँगै रहेका दुई जना भने सकुशल छन्। 

पहिरोले बथानमा रहेका ६० मध्ये १५ वटा पुरिएर मरेका छन भने ४ वटा घाइते भएका छन् । रातीको समय भएकोले एकाएक पहिरो आउने बारे कुनै जानकारी नभएको बुझीएको छ। पहिरोमा पुरिएको शव उद्धार गरिसकिएको छ।

हुम्ला क्षेत्रमा भेडाबाटै दैनिक उपभोग्य समानको ढुवानी हुने गरेको छ । राँगेभीरको बाटो हाल कर्णाली करिडोर अन्तर्गत नेपाली सेनाले निर्माण गरिरहेको छ। घटनास्थलमा जानकारी लगत्तै कुण्डा प्रहरी चौकीको टोली तैनाथ रहेको छ। 

प्रकाशित: ६ आश्विन २०७४ ०६:३२ शुक्रबार

पहिरोले पुरिएर १५ भेडासहित एकको मृत्यु