समाज

तीजमा पशुपतिनाथमा कमाण्ड पोष्‍टको स्थापना

हरितालिका तीजको अवसरमा पशुपतिनाथमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। हिजो देखि पशुपतिनाथको मन्दिर परिसरमा कमाण्ड पोष्‍टको स्थापना गरिएको छ।  

प्रहरी वरिष्‍ठ उपरीक्षक हिमालय कुमार श्रेष्‍ठको कमाण्डमा रहेको पोष्टमा २९६६ जना प्रहरी सुरक्षाका लागि खटिएका छन।  प्रति सिफ्टमा १४८३ जना प्रहरी रहेकोमा महिला प्रहरीको सङ्ख्या ६३० रहेको छ। 

सुरक्षाकर्मीले पशुपतिनाथको मन्दिर परिसरमा पैदल गश्ती, मोवाइल गश्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ,  निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका प्रो एक्टीभ पोलिसिङ को माध्यमद्वारा तीजपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने प्रहरी वरिष्‍ठ उपरीक्षक हिमालय कुमार श्रेष्‍ठले जानकारी दिएका छन्।  

प्रकाशित: १ आश्विन २०८० ०१:१८ सोमबार

हरितालिका तीजमा पशुपतिनाथमा कमाण्ड पोष्‍टको स्थापना