समाज

५० हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

रसुवा – चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट ५० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान रहेकी छिन्। बुधबार दिउँसो रसुवागढीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ परेकी चिनिया नागरिकलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। 

विशेष सुराकीको आधारमा चेक जाँच गर्दा झोला भित्र लुकाइ छिपाई चीन लैजान लागेको अवस्थामा सय दरका ४ सय ३५ थान र ५० दरका १ सय ३० थान अमेरिकी डलर सहित उनलाई पक्राउ गरिएकोे प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए। 

डलरको नेपाली मूल्य ५१ लाख ३१ हजार ५ सय रहेको छ। पक्राउ परेकी चिनियाँ लिवानलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ५ आश्विन २०७४ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App