समाज

खोलाले बगाएर एकजनाको मृत्यु

रत्ननगर –  चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ। 

बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका प्रहरीको भनाइ छ। 

गीतानगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपाल रानाका अनुसार खोलाले बगाएपछि उनको टाउको ह्यूम पाइपभित्र अड्किएको थियो। 

शवको मुचुल्का गरी परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा पठाइएको रानाले जानकारी दिए। 

प्रकाशित: ५ आश्विन २०७४ १०:४५ बिहीबार

खोलाले बगाएर एकजनाको मृत्यु