समाज

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

पत्रकार मदन ठाकुर

काठमाडौं— नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरलाई प्रेस काउन्सिलले समावेशी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

काउन्सिलले १ लाख ५ हजार रुपैयाँ राशीको गोपालदास पत्रकारिता पुस्कार रुप्नदेहीका बालकृष्ण चापागाइँलाई दिने भएको छ। १ लाख ५ हजार रुपैयाँ नै पुरस्कार रहेको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरसकार धर्मेन्द्र झाले पाउने भएका छन्। 

शुक्रबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ। 

प्रेस काउन्सिलले ४८ औं वार्षिकोत्सवमा पुरस्कृत गर्नेहरुको सूचि:

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार