समाज

७ बजे ७ प्रदेश: सांसदले समय नदिँदा दलित समुदायका घर बनेनन्

गत वर्ष असोज १९ गतेदेखि लगातार १ हप्तासम्म परेको अविरल बर्षाले  जुम्लाको सिंजा क्षेत्रका १ हजार ७ सय घर आंशिक तथा पुर्णरुपमा क्षती भए।

सिंजा २ सय ९२, हिमा ४ सय ११, कनकासुन्दरी ३ सय ६३ र तिला गाउँपालिकाका २ सय ४१ वटा घरहरू आंशिक तथा पुर्ण रुपमा क्षेती भएका हुन्।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सिंजा क्षेत्रमा विपन्न आवास र जनता आवास कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन गर्‍यो। उक्त क्षेत्रका सांसदहरुको नेतृत्वमा क्षती भएका घरको पहिचान गरी रकम वितरण गर्नुपर्ने थियो। तर सांसदहरु कै बैठक नबस्दा ९८ लाख रुपैयाँ फ्रिज भएको छ।

सोही क्षेत्रका प्रदेशसभा सदस्य टेकराज पछाई संयोजक सिफारिस समिति बनेको छ। तर सिफारिस समितिको बैठक बस्न नसक्दा ९८ लाख रुपैयाँ फ्रिज भएको जिल्ला पूर्वाधार कार्यालय जुम्लाका प्रमुख हरि वली बताउँछन्।

कार्यालयका अनुसार विपन्न आवास र जनता आवास गरी निर्वाचन क्षेत्र (ख) मा ८० लाख खर्च गरिने कार्यक्रम हो। यता लक्षित वर्गका लागि भनेर कृषि विकास कार्यालय जुम्लामा १० लाख र पशु अस्पताल तथा पशुसेवा कार्यालयमा ८ लाख आएको थियो। यो कार्यक्रमको लक्ष्य अतिविपन्न तथा दलितको आयआर्जनका लागि आएको कार्यक्रम हो। उनीहरूको मागको आधारमा दिइने गरिएको छ। ४० भन्दा बढी घरधुरीका लागि उक्त आएको हो। यता जुम्लाको निर्वाचन क्षेत्र (क) मा भने यो कार्यक्रम पूर्णरूपमा कार्यान्वयन भइसकेको छ। 

प्रकाशित: २९ भाद्र २०८० १३:४८ शुक्रबार

७ बजे ७ प्रदेश