समाज

रैथाने मकै, कोदो र केराबाट पाउरोटी

रैथाने बाली मकै, कोदो र केराबाटअर्गानिक उत्पादन गरिएको ब्रेड। तस्बिर: गोविन्द केसी/नागरिक

सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ। यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको एरीचोकमा ४ वर्षअघिदेखि सञ्चालन भईरहेको सेफ च्वाईस बेकरी उद्योगले स्वस्थकर खानेकुरा उत्पादनमा जोड् दिईरहेको छ। जसका कारण सुर्खेतमै एउटा छुट्टै पहिचान बनाएको छ। अर्गानिक बेकरीका आइटमहरू खान ग्राहकहरूको भिड् नै लाग्ने गरेको छ।

यहाँ मकै, कोदो, केरा (बनाना) लगायतबाट ब्रेड (पाउरोटी) उत्पादन हुन्छ। त्यस्तै बर्गर बन, कोको नट माइक्रोनी, कुकिज, मल्टीग्रेन ब्रेड लगायत  सम्पूर्ण बेकरी उत्पादन उत्पादन हुन्छ बेकरी उद्योगसँगै सेफ च्वाईस रेस्टुरेन्ट एण्ड पिज्जा हट पनि सञ्चालनमा रहेको छ। रेस्टुरेन्टमा केक, पेस्टी, पिज्जाका परिकारहरू सस्तोमा हाईजेनिक पाइने भएकाले ग्राहकहरूको भिड् लाग्ने गर्दछ। बेकरी उद्योगमा हाईजेनिकलाई पहिलो प्राथमिकता दिएका कारण ग्राहकहरूको रोजाई पर्ने गरेको सञ्चालक राजकुमारी गाहाले बताईन्।

स्वच्छ तथा स्वस्थकारी बेकरी बनाउन यहाँ अत्याधुनिक स्तरको मेशिनबाट मान्छेले हात नलगाएर पिठो मिच्ने देखी बेड काट्नेसम्मको कामहरू हुने गरेको छ। बेकरीमा प्रयोग हुने कच्चा पदार्थ उच्च क्वालिटीको स्तरीय कम्पनीबाट उत्पादन भएका सामानहरू प्रयोग गरिने गरेको सञ्चालन गाहाले बताईन्। यहाँ उत्पादन भएको खाद्य सामाग्री पनि हाईजेनिक ठाउँमा बिक्री वितरण हुने गर्दछ। वीरेन्द्रनगरका स्थानीय मार्टहरूमा यहाँ उत्पादन भएको बेकरीहरू बिक्री हुने गरेको छ।

सामान्यतया बेकरीबाट उत्पादन भएका सामानहरूको ५ दिनसम्म म्याद राखिन्छ तर, सेफ स्वाईस बेकरी उद्योगले ३ दिनको म्याद राखेर आफ्ना बेकरी सामानहरू बिक्री वितरण गर्दै आइरहेको छ। अर्गानिक उत्पादनबाट बेकरीका आइटमहरू बनाउँदा सुर्खेतमा राम्रो बजार पाएको सञ्चालकको भनाई छ। यहाँ उत्पादन भएको सबै बेकरीहरू होम डेलिभरी हुँदै आएको छ। जसले गर्दा घरमै बसेर ग्राहकहरूले स्वाद दिई रहेका छन्।

अनलाइनबाट अर्डर गर्न मिल्ने र पैसा तिर्न मिल्ने व्यवस्था भएकाले सुर्खेतमा ग्राहकहरूलाई अँझ सहज भएको छ। सेफ च्वाईसको बेकरी खानेकुरा निकै हाईजेनिक हुने भएकाले प्राय खान आउने गरेको स्थानीय कमलराज शर्माले बताए।

प्रकाशित: २९ भाद्र २०८० १२:५५ शुक्रबार

रैथाने मकै कोदो र केराबाट पाउरोटी अर्गानिक तथा रैथाने बाली