समाज

व्रिटिश कलेजको तेस्रोे दीक्षान्त समारोह सम्पन्न

काठमाडौं—बेलायतको दुई विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालनभइरहेको ‘द व्रिटिश कलेज’को दीक्षान्त समारोह सम्पन्न भएको छ।  शुक्रबार काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा एक समारोहको आयोजना गरी कलेजले २०१ विद्यार्थीलाई दीक्षित गरेको हो। बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा २०११ देखि व्रिटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ।

दीक्षान्त समारोहमा दयुनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्याण्डको पाठ्यक्रममा बिबिए (हन्स) बिजनेश एण्ड म्यानेजमेन्टका ६९ जना विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका २८ जनाग्राज्युएट भएका थिए। त्यसै गरी लिड्स बेक्केट युनिभर्सिटी अन्तर्गत बिएसी (हन्स) म्युटिङका १०४ जनाविद्यार्थीहरु दीक्षित भएका छन्।

समारोहमा विद्यार्थीहरु, स्टाफहरु, परिवारहरु, साथीहरु र माननियअतिथिहरुको सहभागिता रहेको थियो।

दीक्षान्त समारोहका प्रमुख अतिथि बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागुले गरेका थिए। त्यसैगरी, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रतिनिधि प्रोफेसर लेस्ले अर्लीले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए। बेलायतको युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्याण्डका प्रतिनिधि तथा बिजनेश एण्ड म्यानेजमेन्टका प्रमुख प्याट्रिसिया भोयडेनले द व्रिटिश कलेजबाट बीबीए पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेकी थिइन्।

युनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्याण्डका एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका विद्यार्थीलाईबेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागुले दीक्षित गरेका थिए ।

कार्यक्रममा द ब्रिटिस कलेका सल्लाहाकार, माननियजोन इडवार्ड होलिस्टर मोनटागु (११ औ अलअफ स्याण्डवीच), डा. चिरन थापा (मान्यता प्राप्त शिक्षाशास्त्री), मिस्टर माइकल रुटल्याण्ड (द ब्रिटिश मानदर सल्लाहाकार, भुटान), मिस्टर पउलक्लिभेस (भुगोल विभागका पुर्व प्रमुख, इटोन कलेज), डाक्टर गंगा लालतुलाधर (पुर्व शिक्षामन्त्री, नेपाल), डाक्टर जोन व्यटम्यान (द ब्रिटिश कलेका प्रिन्सिपल) सहभागी हुन पाउँदा अति नै उत्साहित भएको थिए।

विशेष अतिथि एचइ रिचार्ड मोरिस, नेपालका लागि बेलायती राजदूत, मिसेज भवानी राणा, एफएनसिसिआइ अध्यक्ष यस अवसरमा विद्यार्थीहरुको सफलताको महत्वलाई पहिचान गराउने र भविष्यमा आफ्नो आशाहरुलाई उजागर गर्नेबारे धारणा व्यक्त गरेका थिए। विद्यार्थीहरु आफ्ना पाठ्यक्रम साथी तथा मित्रहरुसँग डिग्री प्राप्त गर्दा खुसी देखिन्थे। 

प्रकाशित: १ आश्विन २०७४ १३:१२ आइतबार

व्रिटिश कलेजको तेस्रोे दीक्षान्त समारोह सम्पन्न