समाज

मोती जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता

१५८ औं मोती जयन्तीको अवसरमा भक्तपुरमा अन्तर सदनात्मक छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए।  

प्रतियोगितामा कक्षा चारदेखि १० सम्मका विद्यार्थी सहभागी थिए। उनीहरूलाई तीन वटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट चार÷चार जना गरी जम्मा १२ जनालाई उत्कृष्ट घोषणा गरिएको थियो। उत्कृष्टहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

एभरेष्ट इगलिश स्कुलको आयोजनामा भएको प्रतियोगितामा मञ्जु खड्का, सीता खनाल र राजकुमार लम्साल निर्णय रहेका थिए। विद्यार्थीको सृजनात्मक क्षमतालाई प्रस्फुटन गराउनु, छन्दोवद्ध कविता वाचनगत क्षमतालाई अभिबृद्धि गर्नु, विद्यार्थीमा आफूमा भएको आत्मविश्वास बढाउनु तथा छोकिएको छन्दमा सिमित समय अवधिमा केन्द्रीत भई कविता वाचन गर्नसक्ने बनाउनु कार्यक्रमको उद्देश्य रहेको स्कुलले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८० ०६:११ बिहीबार

मोती जयन्ती भक्तपुर छन्दोबद्ध कविता वाचन