समाज

युक्रेन पठाउन लगेका ४ जना थाइल्यान्डबाट फिर्ता, डंगोल जेल चलान

काठमाडौं— वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको छ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका २ वटा मुद्दामा डंगोललाई जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा हालसम्म फरार रहेका थिए।

प्रतिवादी डंगोल समेतले सिन्धुलीको कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन पठाइदिन्छु भनी २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैया लिई थाईल्याण्डसम्म पु¥याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए।

डंगोललाई फैसला कार्यान्वयनको लागि बिहीबार ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाएको छ।

प्रकाशित: २९ भाद्र २०७४ १३:१३ बिहीबार

युक्रेन पठाउन लगेका जना थाइल्यान्डबाट डंगोल जेल चलान