समाज

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

रसुवा – मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको बुधबार मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा बुधबार बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ। 

कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: २८ भाद्र २०७४ १४:३८ बुधबार

मेगा बैंकका कर्मचारी अर्याल फेला