समाज

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो।

त्यस्तै बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८० १३:१७ मंगलबार

गृह मन्त्रालय सुवासचन्द्र नेम्वाङ