समाज

त्रिशुलीमा ट्रक खस्दा एक जना घाइते

चितवन- नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो। 

ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोला बस्ने ३० वर्षीय उज्ज्वल कँडेल घाइते हुनुभएको र उहाँको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ। 

चालक हाम फालेर बाँचेको भए पनि बियरसहितको ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। रासस 

प्रकाशित: २६ भाद्र २०७४ ०९:५५ सोमबार

त्रिशुलीमा ट्रक खस्दा जना घाइते