समाज

७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ। कालिका कन्ट्रक्सन प्राईभेट लिमिटेडले तीन पटक म्याद थप हुदाँ पनि काम सम्पन्न नगर्दा सडकयात्रु मर्कामा परेका हुन्।

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेको निर्माण कम्पनिले निर्माण गरिरहेको सडक समयमै निर्माण नहुँदा समान्य बर्षामा समेत सडक हिलाम्मे हुने गरेका छन् भने अघिपछि धुलाम्य हुने गर्छन्।

सडकमा भएका खाल्डाखुल्डीका कारण विद्युतीय रिक्सा लगायतका सवारीसाधनमा यात्रा गर्दा निकै समस्या हुने गरेको सर्वसधारणको गुनासो छ। ‘मुख्य बजारमै वर्षाले सडक हिलाम्य भएर मोटरसाईकलमा ओहोरदोहोर गर्दा पाईन्ट नै हिलो नै हिलो भयो, अघिपछि धुलोले हिड्न सकिन्न’, स्थानीय तुलाराम चौधरीले भने।

सडक भरी खाल्डैखाल्डाले रिक्सामा यात्रा गर्दा उफ्रिएर समस्या हुने गरेको सर्वसधारण बताउँछन्। ठेकेदारले समयमै काम नगरी मुख्य बजारकै काम अलपत्र पारेर सडकको बेहाल हुदाँ व्यापार व्यवसायमा पनि धेरै असर परेको व्यवसायीको गुनासो छ।

एसियाली विकास बैकंको सहुलियत कर्जामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० दशमलव ६८ किलोमिटर सडक कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सन प्रा.ली.ले ७६ करोड ९० लाख र ७६ हजार ५ सय ३६ लागतमा ठेक्का लिएको थियो।

सन २०२० जुलाई १२ मा सम्झौता गरेको उक्त कम्पनीले सम्झौता अनुसार सन २०२२ जुलाई ४ मा काम सम्पन्न गरिसक्नु पर्ने थियो। तर समयमा आधा काम पनि पुरा गरेन।

सम्झौता अनुसार काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई जरिवाना हुनुपर्नेमा राजनीतिक र आर्थिक पहुँचका आधारमा सहजै म्याद थपियो। म्याद सकिएपछि तीन पटक म्याद थप गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर सौरभ कलौनीले बताए। अगामी अक्टोबर ३१ गते तेस्रो पटक थप गरिएको म्याद अवधि पनि सकिन लागेको छ। तर काम भने उक्त समयावधि भित्र नसकिने निश्चित छ।

धनगढीको मुख्य बजार सडक लाइन चौराह देखि कैलाली नाला सम्मको १ हजार ३ सय ८० मिटर कालोपत्रे, नाली निर्माण लगायतको काम बाँकी रहेको इन्जिनियर कलौनीले बताए। यसै गरी धनगढीका ८ सडकमा गरेर १० दशमलव ६८ किलोमिटर मध्य ७ दशमलव ३ किलोमिटरमा कालोपत्रे लगायतको काम सम्पन्न भएको उनले बताए।

धनगढीलाई सुन्दर र नमुना बनाउने अभियान लिएका धनगढी उपमहानगरपालिका नगर प्रमुख पनि कालिका कन्स्ट्रक्सले गरेको काम प्रति असन्तुष्ट रहेका छन्।

थप समाचारका लागि तलको भिडियो हेर्नुहोस:

प्रकाशित: २५ भाद्र २०८० १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App