समाज

सार्थक अभियानको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं –  ‘मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक दायित्व  बोधको लागि सार्थक अभियान’ भन्ने मूल नारा सार्थक सहित अभियानको प्रथम साधारण सभा समपन्न भएको छ। 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरत कुमार गौतमले समाजमा रहने यावत समस्यालाई समय सापेक्ष समाधान तर्फ निरन्तर लग्नुनै सार्थक अभियानको उद्देश्य भएको बताए । साथै उनले सार्थक अभियानले काभ्रेको पनौतिमा नर्सरी उत्पादन शुरु गरिसेको समेत बताए। 

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश देवकोटाले सार्थक अभियान संस्थालाई शुभकामना दिंदै समस्या परेका बेला अभियानलाई सक्दो सहयोग गर्ने बताए। 

 

प्रकाशित: २५ भाद्र २०७४ १०:२१ आइतबार

सार्थक अभियानको प्रथम साधारण सभा सम्पन्न