समाज

बाँकेको खजुरामा महाआरती शुभारम्भ

बाँकेको खजुरामा शुभारम्भ गरिएको महाआरती। तस्बिर: नागरिक

खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा महाआरती शुभारम्भ गरिएको छ। 

खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले महाआरती शुभारम्भ गरिएको हो। महाआरतीको बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद एवम् नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले उद्घाटन गरेका हुन्।

लक्ष्मीनारायण दिब्यधामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिषरमा भब्य भजन किर्तन सहित महाआरतीको प्रारम्भ गरिएको ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: २५ भाद्र २०८० ०७:१८ सोमबार

लक्ष्मीनारायण मन्दिरमा