समाज

ढुंगा खसेर घाइते भएका सशस्त्रका जवानलाई हेलिकोप्टरबाट काठमाडाैं लगियो (अपडेट)

रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित ठाडे नजिकै राजमार्ग सुधार अभियानको क्रममा माथिबाट खसेको ढुंगाले लागेर सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएका छन्। 

'जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखेपछि हामीले तत्कालै गृहमा खबर गरेर हेलिकोप्टरबाट काठमाडाैं पठाएका छाैं', उनले भनिन्।

घाइते हुनेमा नुवाकोट जिल्ला विदुर नगरपालिका–९ गेर्खुका रमेश कुमार श्रेष्ठ रहेका छन्। टाउकाेमा गम्भीर चाेट लागेका उनलाइ तत्काल सघन उपचार अावश्यक देखिएपछि गृहमन्त्रालयमार्फत हेलिकोप्टरमा मगाएर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पाैडेलले जानकारी दिइन्। उपचारमा संलग्न एक चिकित्सकलाइ पनि साथै पठाइएको छ।

'जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखेपछि हामीले तत्कालै गृहमा खबर गरेर हेलिकोप्टरबाट काठमाडाैं पठाएका छाैं', उनले भनिन्। घाइते श्रेष्ठको जिल्ला अस्पताल रसुवामा डा.कमल अधिकारीको टाेलीले प्रारम्भिक उपचार गरेको थियो।

घाइते श्रेष्ठलाइ काठमाडाैंमा ट्रमा सेन्टर भर्ना गरिएको छ। टाउकोमा गम्भीर चाेट लागेकाका कारण होस खुल्न सकेको छैन। उपचारमा संलग्न चिकित्सकका अनुसार टाउकोभित्रको हड्डीको संरचनामा असर परेकाे हुनाले  स्थितिमा सुधार अाउन गाह्राे भइरहेको हो। सिटि स्क्यान रिपाेर्टमा टाउकाको हड्डी किच्चिएको देखिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले सञ्चालन गरेको राजमार्ग सुधार अभियान अन्तर्गत शनिबार बिहान ठाडेदेखि सोलेसम्म सडकको खाल्डाखुल्डी पुर्ने कार्यक्रम थियो। साेही क्रममा माथिभिरबाट ढुंगा खसेर श्रेष्ठको टाउकोमा लागेको थियो। ढुंगा लागेर ढलेका उनलाइ तत्कालै धुन्चे अस्पताल ल्याएर उपचार गरिएको थियो। 

प्रकाशित: २४ भाद्र २०७४ ०६:३७ शनिबार

ढुंगा खसेर घाइते भएका सशस्त्रका जवानलाई हेलिकोप्टरबाट काठमाडाैं लगियो अपडेट