समाज

ललिता निवास प्रकरणमा कोसँग कति धरौटी माग ? (सूचीसहित)

जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ। पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

त्यस्तै शिवजी भट्टसंग ३ लाख ३० हजार,रुद्र कुमार श्रेष्ठसंग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसंग ७ लाख ५० हजार, कलाधर देउजासंग १५ लाख, घमन कुमार कार्कीसंग ७ लाख ५० हजार, गोपाल कार्कीसंग ७ लाख ५० हजार माग गरिएको छ।

विनोद पौडेलसंग १५ लाख, योगराज पौडेलसंग ७ लाख ५० हजार, नारायणराज मिश्रसंग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसंग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसंग ३ लाख ३० हजार, बाबुराजा महर्जनसंग १ लख १० हजार, देवनारायण महर्जनसंग १ लाख १० हजार, सकलानन्द महर्जन– १ लाख १० हजार, सञ्जय कुमार महर्जनसंग १ लाख १० हजार र लोकरि घिमिरेसंग ७ लाख ५० हजार माग गरिएको छ। 

प्रकाशित: २४ भाद्र २०८० ११:३२ आइतबार

ललिता निवास प्रकरण