समाज

भाटभटेनीका सञ्चालक मीनबहादुरलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरूङलाई  २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

सो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ भने केशव तुलाधरलाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ।

प्रकाशित: २४ भाद्र २०८० ११:०१ आइतबार

मीनबहादुर गुरूङ ललिता निवास प्रकरण