समाज

पहिरोबाट एक युवकको मृत्यु

केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो। प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो।

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ। उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटामै मृत्यु भएको जनाइएको छ। मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका-४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८० ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App