समाज

भाेजपुरमा खाेलामा डुबेर बालकको मृत्यु

भोजपुर – भोजपुरमा एक बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका –१ श्यामशिलाका धन बहादुर तामाङ्गका १२ वर्षीय छोरा निरज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। 

भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्गका कक्षा ७ अध्यनरत वालकको भोजपुर नगरपालिका – ९ र १० को सिमनामा रहेको घट्टे खोलामा पौडी खेल्ने क्रममा ज्यान भएको प्रहरीको भनाई छ।

उनी परीक्षा दिएर घर फर्कने क्रममा साथीसँग पौडी खेल्न गएका थिए। 

प्रकाशित: २३ भाद्र २०७४ ०६:२८ शुक्रबार

भाेजपुरमा खाेलामा डुबेर बालकको मृत्यु