समाज

पहिरोले डडेल्धुराको केआईसिंह राजमार्ग अवरुद्ध

वर्षाका कारण परेको पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ।

गन्यापधुरा गाउँपालिका(२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार हिजो शनिबार रातिदेखि पहिरो खस्ने क्रम जारी भएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन।पहिरोका कारण डोटी, बाजुरा र अछामका लागि छुटेका सवारी साधनहरु डडेल्धुरामै रोकिएका छन्।

प्रकाशित: २४ भाद्र २०८० ०३:०१ आइतबार

पहिरोले डडेल्धुराको केआईसिंह राजमार्ग अवरुद्ध केआईसिंह राजमार्ग