समाज

कोशीका मुख्यमन्त्री थापाले पाएको विश्वासको मत सर्वोच्चद्वारा बदर

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत सर्वोच्च अदालतले बदर गरिदिएको छ। योसँगै उनी पदमुक्त भएका छन्।

न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिएको हो।

अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।

प्रकाशित: २१ भाद्र २०८० १२:५८ बिहीबार

कोशी प्रदेश उद्दव थापा