समाज

पहिरोले खोटाङका दुई परिवार विस्थापित

खोटाङ – वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् । 

वर्षा रोकिएको समयमा पनि जमिन फाटेर सुक्खा पहिरो जान थालेपछि दुई परिवार शुक्रबारदेखि विस्थापित भएका हुन् । विस्थापित परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका वडाध्यक्ष बीरबल राईले बताए । 

विस्थापित परिवारका विषयमा शनिबार प्रहरीले सर्जमिन मुचुल्का उठाएको छ । अहिले पनि सुख्का पहिरो गइरहेकाले पीडित घरमा फर्किएर बस्न सक्ने अवस्था नभएको कांग्रेसका स्थानीय नेता राम रामङपाङले बताए । एलमको घरमाथिबाट तथा पिर्थीबोलको घरदेखि मुनिबाट जमिन फाटेर पहिरो सुरु भएको हो । पीडित परिवारले राहतका लागि आग्रह गरेका छन्। 

प्रकाशित: १८ भाद्र २०७४ ०९:१० आइतबार

पहिरोले खोटाङका दुई परिवार विस्थापित