समाज

पहिरोले विद्यालय भवन पुरियो

चौतारा – गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ। 

साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताए। 

करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै त्यहाँस्थित थारमारे र भुसुने खोलामा बाढीले गहि¥याएर खोंच बनाएकोले बालबालिकालाई आवतजावत गर्न समेत कठिनाइ भएको छ। 

सँगै रहेको ट्रस्टलाई मर्मत गर्नसमेत ठाउँ ठाउँमा सडक भत्किएकाले सामान ढुवानी गर्न कठिनाई भएको हुँदा त्यहाँ अध्यनरत ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको अध्यक्ष तामाङले गुनासो गरे। रासस 

प्रकाशित: १७ भाद्र २०७४ ०७:४१ शनिबार

पहिरोले विद्यालय भवन पुरियो