समाज

जोरपाटीमा बस दुर्घटना हुँदा १६ घाइते

भक्तपुर – काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा शनिबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। 

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् । रासस 

प्रकाशित: १७ भाद्र २०७४ ०४:५७ शनिबार

जोरपाटीमा बस दुर्घटना हुँदा १६ घाइते