समाज

मानव बेचबिखनविरूद्वको अभियानमा सहयोग पुर्याउने नेपाल रिपब्लिक मिडिया सम्मानित

मानव बेचबिखनविरूद्वको अभियानमा छापा माध्यमबाट सहयोग पुर्याएकोमा नेपाल रिपब्लिक मिडिया सम्मानित भएको छ। 

मानव बेचबिखन विरूद्वको सत्रौ राष्ट्रिय दिवसको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल रिपब्लिक मिडियालाइ सम्मान गरिएकाे हो। नेपाल रिपब्लिक मिडियाका तर्फबाट निर्देशक शोभा ज्ञवालीले सम्मानपत्र ग्रहण गरेकी थिईन्। उनलाइ प्रमुख अतिथि मन्त्री सुरेन्द्रराज आचार्यले सम्मान गरेका थिए।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रहरी हवल्दार दलहादुर घिसिङ, रेजिना गौतम, सितादेवी डोटेल र शक्ति समूहकी उर्मिला श्रेष्ठ, रेडियो मुक्ति र महिला आत्मनिर्भर केन्द्र सिन्धुपाल्चोकलाई पनि सम्मान गरिएको थियो। 

प्रकाशित: २० भाद्र २०८० ०४:३८ बुधबार