समाज

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

चितवन—आफ्नै आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एकजना युवकलाई गिरफ्तार गरेको छ। बुधबार बिहान भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरकी ४० वर्षीया सविता दराईको मृत्यु भएको थियो। उनलाई छोरा आशिष दराईले कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटपछि घाइते भएकी सविताको उपचार हुँदै गर्दा मृत्यु भएको हो।

प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन। १९ वर्षीय आशिषले आमाको हात खुट्टा बाँधेर कुटपिट गरेको प्रहरीको भनाइ छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक थापाका अनुसार आशिषलाई तत्कालै समाएर हिरासतमा राखिएको छ। बिहान साढे १० बजे तिर सो घटना भएको थियो।

त्यस्तै बुधबार नै नारायणगढमा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। नारायणगढ बस पार्कमा ड्युटीमा रहेका प्रहरी जवान ताराप्रसाद पोखरेलमाथि भरतपुर–२ क्षेत्रपुर बस्ने ३० वर्षका दिलीप सुनारले कुखुरी प्रहार गरेको चितवन प्रहरीले जनाएको छ। पोखरेलको टाउँकोमा चोट लागेको छ। घाइतेको उपचार भइरहेको र अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाको छ।

‘बस पार्क नजिक तास खेलेको भन्नेलल सुचना पाएपछि धपाउन गएका प्रहरी जवानमाथि खुकुरी प्रहार भएको बुझ्नमा आएको छ’ एसपी दीपक थापाले भने । प्रहार गर्ने सुनारलाई पनि गिरफ्तार गरेको उनले बताए।
 

प्रकाशित: १४ भाद्र २०७४ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App