समाज

शौचालय सफा गर्दागर्दै मृत्यु

कञ्चनपुर—शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ।

स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा गर्ने क्रममा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए। प्रत्यक्षदर्शीका अनुसार शौचालय सफा गर्ने क्रममा राना एक्कासि कामी ढलेका थिए।

शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: १३ भाद्र २०७४ १४:४५ मंगलबार

शौचालय गर्दागर्दै मृत्यु