समाज

६० किलो सुन तस्करी प्रकरणमा १ जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा १ जना पक्राउ परेका छन्।

सोमबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक जनालाई पक्राउ गरेको हो।

सिआइबीको स्रोत अनुसार रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेल पक्राउ परेका हुन्।

खरेललाई नेपाल भारत सीमाबाट पक्राउ गरिएको भए पनि उनको भूमिकाबारे प्रहरीले केही बताएको छैन।

प्रकाशित: १८ भाद्र २०८० ०७:४४ सोमबार

६० किलो सुन तस्करी