समाज

डा.केसी अस्पताल भर्ना

डा.गोविन्द केसी। फाइल तस्विर

काठमाडौं— ‘डिस्चार्ज लिएर’ बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा.गोविन्द केसी स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं फर्किएर अस्पताल भर्ना भएका छन्। आइतबार साँझ फर्किएसँगै ‘सिभियर’ पेटको दुःखाइपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

उनलाई चिकित्सकहरुले कडा खालको ग्यास्टाइटिस भएको भन्दै उपचार थालेका छन्। २३ दिन लामो अनसन अन्त्य गरेको आठौं दिनमा उनी सप्तरी पुगेका थिए। लामो अनसनपछि पूर्ण रुपमा ठिक नहुँदै उनी हिँडेका कारण समस्या देखिएको चिकित्सकले बताएका छन्।

सप्तरी पुगेपछि पनि समस्या देखिएसँगै उनी आफ्नो उपचार गरेर बाढीपीडितको उपचारमा खटिएका थिए।

चिकित्सकहरुले थप केही दिन अस्पतालमा बस्न आग्रह गर्दागर्दै उनी बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका थिए।

प्रकाशित: १३ भाद्र २०७४ ०६:५० मंगलबार

डा.केसी अस्पताल भर्ना