समाज

नागरिककर्मी त्रिपाठी सम्मानित

वीरगन्ज- नागरिक दैनिकका वीरगन् संवाददाता रितेस त्रिपाठी सम्मानित भएका छन्। उनलाई पर्साको ग्रामिण क्षेत्रको ठूलो सहकारी सहयात्रि बचत तथा रिण सहकारी संस्था लिमिटेडले सहकारीको नीति र सिद्धान्त कार्यन्यवनमा योगदान पुर्‍याउने किसिमले पत्रकारिताका माध्यमले महत्वपुर्ण योगदान गरेको भन्दै सम्मानित गरेको हो।

केही दिन मात्र अगाडी घोषित पर्सागढी नगरपालिकामा परेको बिरुवागुठीस्थित सहकारीले सोही ठाउँमा रहेको आफ्नो कार्यालयमा आयोजित गरेको आफ्नो १० औं सधारण सभाको अवसर पारी योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान गरेको हो । नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष फुल महमद मियाँले उद्घाटन गरेको सधारणसभामा समाजसेवी मधु राणा, उत्कृष्ट बचतकर्ता तथा रिणसेवाग्राहीहरु लगायतलाई संस्थाले प्रसंशापत्र प्रदान गर्दै माला र दोसल्लाले सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष विरेन्द्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत बिबरण अनुसार संस्थाले बर्षमा १० करोड बराबरको आर्थिक कारोबार गरेको छ ।

प्रकाशित: १२ भाद्र २०७४ १३:३२ सोमबार

नागरिककर्मी त्रिपाठी सम्मानित