समाज

फ्रुटीको गोदाममा छापा

काठमाडौं- सतुंगलमा रहेको फ्रुटीको कार्यालयमा महानगरीय अपराध महाशाखा र बजार अनुगमन टोलीले छापा मारेको छ।

म्याद सकिएको सामाग्री ट्रकमा लोड गरेर बजारमा पठाउने तयारी गरेको सूचनाको आधारमा छापा मार्दा एक ट्रक फ्रुटी फेला परेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका एसएसपी दिवेश लोहनीका अनुसार म्याद गुज्रिएको पेय पदार्थ बजारमा पठाउन लागेको सूचना आएपछि संयुक्त टोली सतुंगलमा रहेको गोदाममा पुगेको थियो।

गोदाममा छापा मार्दा आएको सूचना अनुसारको सामाग्री फेला परेपछि नियन्त्रणमा लिइ मुचुल्का उठाउने काम भइरहेको छ। 

प्रकाशित: ११ भाद्र २०७४ २३:०९ आइतबार

फ्रुटीको गोदाममा छापा