समाज

विप्लबका कार्यकर्ताद्वारा रोल्पा जिसिअलाई कालोमोसो

विप्लबका कार्यकर्ताले दुर्व्यवहार गरेका जिशिअ चिरन्जीबि पौडेल। फाइल तस्विर

रोल्पा— रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेका छन्। नेत्रविक्रम चन्द  विप्लब नेतृत्वको पार्टीका कार्यकर्ताले स्रोत व्यक्तिसँग आफ्नै कार्यकक्षमा बैठक गरिरहेको बेला उनलाई कालो मोसो दलेका हुन्।

‘यो काममा संलग्नहरुको खोजिकार्य भइरहेको छ। केहीको पहिचान भइसकेको छ। कानुनी बाटोबाट कारवाही हुन्छ’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने।

‘बैठक चल्दै थियो ४–५ जना युवाहरु आएर दुर्रब्यबहार गरे’, जिल्ला शिक्षा अधिकारी चिरन्जीबि पौडेलले नागरिकन्युजसँग भने।

कालो मोसो दल्नेहरुलाई पक्राउ गर्न प्रशासनले खोजी गरिरहेको छ।

‘यो काममा संलग्नहरुको खोजिकार्य भइरहेको छ। केहीको पहिचान भइसकेको छ। कानुनी बाटोबाट कारवाही हुन्छ’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने। कालो मोसो दल्दै गर्दा हातपात समेत गरिएका जिशिअ पौडेललाई टाउकोमा सामान्य चोट लागेको छ। उनको जिल्ला अस्पतालमा भएको छ।

दुव्र्यवहारको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीले लिएको छ। सडक सुविधा पुगेको स्थानमा मात्र विद्यालय अनुगमन गरे, भौतिक निर्माणका माममा अनियमितता गरेकाले बिद्यार्थीले मोसो दलेको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतील बताए।

प्रकाशित: १२ भाद्र २०७४ १०:०५ सोमबार

विप्लबका कार्यकर्ताद्वारा रोल्पा जिसिअलाई कालोमोसो