समाज

छाप्रोमा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु (अपडेट)

काठमाडौँको छाप्रोमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही जिल्ला शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको प्रहरीले जनाएको छ।  

आज बिहान बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो। जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको र स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्।  

स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए।

बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।  

बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित: १७ भाद्र २०८० ०५:१९ आइतबार

काठमाडौँको छाप्रो सवारी दुर्घटना एकजनाको मृत्यु सशस्त्र प्रहरी कर्मचारी