समाज

दैलेखमा घर भत्किँदा एक महिलाको मृत्यु

दैलेख –  दैलेख बजारमा बिहीबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । 

स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका– ११ का ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो । सो घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु शाही र १२ वर्षीया मुना शाही घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रकाशित: ९ भाद्र २०७४ ०९:२३ शुक्रबार

दैलेखमा घर भत्किँदा महिलाको मृत्यु